काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपौयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गदै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २१ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्।
काठमाडाैं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेका छन्।
उनले सार्वज...
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठ)
कुल विनियोजितमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत) पुँजीगततर्फ ३ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड (१९.९ प्रतिशत) रहेको उनले बताए।
वाग्लेले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड व्यहोर्दा ६ खर्ब ५७ खर्ब २९ करोड न्यून हुन जाने बताए।
न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड परिचालन गर्ने र राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने चार खर्ब १० अर्ब आन्तरिक ऋणबाट परिचालन गर्ने उनको भनाइ छ।
उनले राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार आगामी आर्थिक वर्षमा प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको बताए।
कुन मन्त्रालयको कति बजेट?
मन्त्रालय रकम (अर्ब रुपैयाँमा)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ७.४८५
अर्थ मन्त्रालय ८४.७३६
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ९.३४७
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ११४.०२८
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय ०.५८४
कृषि, वन तथा वातावरण मन्त्रालय ७३.१२२
गृह मन्त्रालय १०८.३२९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १०.५३९
परराष्ट्र मन्त्रालय ८.७३८
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय ४.०००
पूर्वाधार विकास मन्त्रालय ३०२.८३५
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय १२२.६१४
रक्षा मन्त्रालय ६४.९६८
शिक्षा तथा खेलकुद मन्त्रालय २१८.३०५
सूचना तथा सञ्चार मन्त्रालय ५.९३६
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय १४.९४२
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय ९६.४३६
युवा, श्रम तथा रोजगार मन्त्रालय ३.६२७
प्रतिक्रिया