×

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

images

गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । 

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । 

जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।   

आइतबार​ १५ जेठ २०७९ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया