×

प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन, ७ अर्ब ५ करोड बजेट विनियोजन

images

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०८९/८० को बजेट संसदमा प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी रोजगारी सृजनाका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । 

बाझो जमिन पहिचान गर्दै स्थानीय सरकारसँग सहकार्य गरी बेरोजगारको सूचीमा सूचीकृत जनशक्तिलाई कृषिमा लगाउने सरकारको योजना छ । 

आइतबार​ १५ जेठ २०७९ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया