×

खाना पकाउने ग्यासमा दिइँदै आएकाे अनुदान घटाउँदै लगिने

images

सरकारले आउँदो आर्थिक वर्षदेखि खाना पकाउने एलपी ग्यासमा दिइँदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने घोषणा गरेको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने ग्यासमा दिँदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने बताउनुभएको हो । 

यसाे गर्दा ग्यासको खपत कम भइ विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने शर्माले बताउनुभयो । अहिले सरकारले एक सिलिन्डर ग्यासमा आठ सय रुपैयाँ अनुदान दिँदै आएको छ । 

आइतबार​ १५ जेठ २०७९ ०६:१५ PM मा प्रकाशित

प्रतिक्रिया