×

संसदको दुवै सदनको बैठक आज, आर्थिक वर्षको बजेट प्रस्तुत गरिने

images

सरकारले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन् ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए । 

आइतबार​ १५ जेठ २०७९ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया