×

राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

images

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवाराज घिमिरेले वैशाख १९ गते ३ बजे संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सोही दिन राष्ट्रपति पौडेलले सरकारका तर्फबाट सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मङ्गलबार १६ बैशाख २०८२ ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया