×

दुवै खेल ‘वास आउट’ भएपछि

images

मेलबर्न । ट्वान्टी ट्वान्टी विश्वकपका लागि शुक्रबारको दिन सुखद रहेन्, किनभने यस दिनका दुवै खेल ‘वास आउट’ भए । अर्थात एकै बल पनि खेलिएन्, अझ टस पनि भएन् । लगातारको वर्षाका कारण पहिलो अफगानिस्तान र आयरल्यान्डबीचको खेल हुन सकेन् । पछि अष्ट्रेलिया र इंग्ल्यान्डबीचको खेलको स्थिति पनि यस्तै रह्यो ।

धेरै अर्थमा दोस्रो खेलको महत्त्व धेरै थियो । त्यसै पनि विश्व क्रिकेटमा अष्ट्रेलिया र इंग्ल्यान्ड सबैभन्दा पुराना प्रतिद्वन्द्वी हुन् । त्यसमाथि दुवै यसपल्टको विश्वकपको उपाधिका प्रवल दावेदार पनि हुन् । अझ अष्ट्रेलिया त प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । तर यही धेरै प्रतीक्षा गरिएको खेल हुन सकेन् ।

यस्तोमा अब सुपर–१२ को ग्रुप–वानको स्थिति यस्तो रह्यो, न्युजिल्यान्ड दुई खेलबाट तीन अंकसहित शीर्ष स्थानमा रहेको छ भने त्यसपछि समान तीन अंकमा थप तीन टिम छन्, क्रमश: इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलिया , त्यसपछि श्रीलंका र अफगानिस्तान दुई दुई अंकमा छन् । सुपर–१२ का दुई समूहबाट दुई दुई टिम सेमिफाइनल पुग्नेछन् । 

शुक्रबार​ ११ कात्तिक २०७९ ०६:४० PM मा प्रकाशित

प्रतिक्रिया