×

नखीपोटस्थित कान्तिपुर कोलोनीमा नख्खुखोलाले बगाउँदा ४ जना बेपत्ता

images

काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । आज बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटस्थित कान्तिपुर कोलोनीमा चारजना व्यक्तिलाई  खोलाले बगाएको हो ।

बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् । आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

शनिबार १२ असोज २०८१ १०:२४ AM मा प्रकाशित

प्रतिक्रिया