×

आदिवासी जनजाती युवा महासंघ युएईको अध्यक्षमा पुनः दीपक थापा मगर निर्विरोध निर्वाचित

images

फलेन्द्र बलम्पाकी मगर 
युएई / संवाददाता 
 

 युएई - आदिवासी जनजाती युवा महासंघ , युएई को दोश्रो अधिवेशन बाट पुनः दोस्रो कार्यकालका लागी दीपक थापा मगर सर्वसम्मत चयन भएका छन । आदिवासी जनजातिका युवाहरूलाई एकै सुत्रधार मा बाँधेर पहिचानका मुद्दाहरू लाई संस्थागत गर्दै लैजाने उदेश्य का साथ २०२० फेब्रुअरी १४ मा विधिवत रूपमा युएईमा स्थापना भएको थियो। 

युएई शहर को दुबई स्थित सिल्भर स्पुन नेपाली रेस्टुरेन्ट मा नेपाल आदिवासी जनजाति महासंघ युएई का अध्यक्ष बिजया लक्ष्मी राई को प्रमुख आतिथ्य एवं आदिवासी जनजाति महासंघ युएईमा आबद्ध संघ संस्था प्रमुखहरू का साथै नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान ज्यू लगायत नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएई का अध्यक्ष फलेन्द्र बलम्पाकी मगर र विभिन्न संघ संस्थाहरू का संस्था प्रमुख तथा प्रतिनिधि हरु को उपस्थितिमा  २०२३- २०२६ कार्यकालको लागि २३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भयो । कोषाध्यक्ष तेज पुलामी मगरले ८ वटा शिर्षकमा ( २०५,८०९ ) दुई लाख अन्ठाउन्न हजार नौ रुपैयाँ तीन वर्षे कार्यकालमा भएका आर्थिक सहयोग गरेका प्रतिवेदन प्रस्तुत गरेको र हाल कोषमा  ( ७,६६२ )सात हजार छ सय बैसठ्ठी दिराम रहेको जानकारी गराए ।

अधिवेशन कार्यक्रम संयोजक सन्दीप राना मगरले स्वागत मन्तव्य राख्ने क्रममा आदिवासी जनजाति हरु को पहिचान झल्काउने भेष भुषा , भाषा र लिपि हएउ लोप हुदै गएकोमा दुख व्यक्त गरे । अधिवेशन सफलताको शुभकामना मन्तव्य दिदै  विशेष अतिथि नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तानले अहिले का युवावर्ग लाई शिक्षा क्षेत्रमा क्रान्ति गर्नुपर्ने मा जोड दिए ।

शुभकामना मन्तव्य कै क्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष फलेन्द्र मगरले हरेक देश हरु को युवा वर्ग नै देशको मेरुदण्ड भएकोले हरेक ठुला ठुला परिवर्तन हरु युवाहरू कै सक्रियतामा आएको जिकिर गरे । प्रमुख अतिथि बिजया लक्ष्मी राईले महिला हरु ले पनि अवसर पाए देश हाँक्न सक्ने कुरा बताए । कार्यक्रमका सभाध्यक्ष दीपक थापा मगरले आफ्नो तीन वर्षे कार्यकालमा सबै कार्यसमितिका पदाधिकारीहरू ले साथ र सहयोग गरेका ले आफ्नो पहिलो कार्यकाल सफल रहेको र आगामी दिनहरूमा पनि यसरी नै साथ र सहयोग रहने अपेक्षा गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिय।

४० वर्षे उमेर हदबन्दी पार गरेका केही सदस्यहरु लाई स-सम्मान मायाको चिनो र सम्मान -पत्र दिएर बिदाई समेत गरे । औपचारिक कार्यक्रम समापन भए लगत्तै डिबि लुङ्गेली मगरको संयोजकत्वमा गठित चार सदस्यीय निर्वाचन समितिले ७ मिनेटको समय निर्धारण गरेर उम्मेदवारी दावी बिरोध को समय दिइएको थियो । उक्त समयभित्र   कुनै पनि पदका लागि कसैले पनि  दावी बिरोध नगरेको हुँदा सर्वसम्मत सबै पदाधिकारी हरु चयन भएको  घोषणा गरे ।

  दोस्रो  महाधिवेशन बाट सर्वसम्मत रूपमा दोस्रो कार्यकाल को लागि दिपक थापा मगर कै नेतृत्व मा  निम्नलिखित पद हरु मा सर्वसम्मत चयन भएका छन। 
नव निर्वाचित  सदस्यहरु :- 
1)अध्यक्ष : दिपक थापा मगर
2)कार्यकारी अध्यक्ष :  गोपाल श्रेष्ठ 
3) उपाध्यक्ष : पाल्देन थिङ तामाङ 
4) उपाध्यक्ष : अजय राई
5) उपाध्यक्ष : सिर्जना लावती
6) महासचिव :  सबिन मोक्तान 
7) सचीव : मनिषा सुब्बा 
8) प्रवक्ता : सन्दिप राना मगर 
9) सह-सचिव : भक्त गुरुङ 
10) कोषाध्यक्ष : आलिया श्रेष्ठ 
11) सह कोषाध्यक्ष : मिलन लामा
12) जन सम्पर्क सचिव : मकर मोक्तान 
13) खेलकुद तथा  सांस्कृतिक विभाग  प्रमुख : कुल थापा मगर 
14) खेलकुद  तथा  सांस्कृतिक बिभाग उप-प्रमुख : मनिस लोप्चन
15) महिला विभाग प्रमुख : रन्जिता स्याङ्तान तामाङ 
16)अनुशासन बिभाग प्रमुख - लक्ष्मण थापा मगर
17)सदस्य : पासाङ शेर्पा
18)सदस्य : विश्व मोक्तान 
19)सदस्य : नारायण तमाङ
20)सदस्य : मिना श्रेष्ठ 
21)सदस्य : बसन्ती तामाङ 
22)सदस्य : उषा ब्लोन तमाङ
23)सदस्य : सन्तोष  थलाङ
 प्रमुख सल्लाहकार : सुरेन्द्र गुर्मछान मगर 
सल्लाहकार सदस्यहरु :- 
1) राम मोक्तान 
2) डि. बि लुङ्गेली मगर 
3) बिष्णु गुरुङ 
4) तेज थापा मगर 
5) फलेन्द्र मगर

मङ्गलबार १४ चैत २०७९ ०९:५२ AM मा प्रकाशित

प्रतिक्रिया