×

बानेश्वरमा संसद भवनअगाडि राखिएको ‘नक्कली बम’, प्रेसर कुकरभित्र इँटाको टुक्रा र कागज भेटियो

images

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि राखिएको कुकर बम नक्कली रहेको पुष्टि भएको छ । नो एमसीसी लेखेर मूल सडकमै राखिएको उक्त शंकास्पद कुकरलाई अहिले नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ ।

images

संसद भवन अगाडि बम

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए छ  । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य स...

प्रेसर कुकरमा भेटिएको उक्त शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा डिस्पोजका लागि आएको सेनाको टोलीले प्रेसर कुकरभित्र इँटाको टुक्रा, कागज र प्लास्टिकहरु मात्रै भेटिएको बताएको हो ।

क्याप्टेन सन्दीप थापाले शंकास्पद वस्तुको परीक्षणपछि त्यहाँ कुनै पनि विष्फोटजन्य पदार्थ नभेटिएको र तर्साउनका लागि मात्र राखिएको फेक बम भएको जानकारी दिए । एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आह्वान गरेका छन् ।

त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।मनोवैज्ञानिक त्रास सृजना गर्नका लागि उक्त कुकर सडकमा राखिएको पाइएको छ । तर कसले राखेको हो भन्ने यकीन भइसकेको छैन ।

 

सोमबार १६ फागुन २०७८ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया