×

आषाढ १३ गते सोमबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनी हुनेछ भने राजनीतिक यात्रा सफल रुपमा अगाडी बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईँको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान हुनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढि नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुने छैनन् । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । बिधी बिधान पुर्वक काम गर्न नसक्दा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तरपनि लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । बिषेश गरी तरल पदार्थ तथा खनिज पदार्थसँग सम्बन्धीत बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराएर अगाडी बढ्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममूखि काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेकोछ । आत्मविश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा सानो सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लामो दुरिको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । राम्रा काम गरी अरुको बिस्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । खेल तथा अन्य अतिरिक्त क्रिर्याकलापमा भाग लिने अवसर जुर्र्नेछ भने नतिजा पनि आफैतिर ल्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सोमबार १३ असार २०७९ ०७:०९ AM मा प्रकाशित

प्रतिक्रिया