इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् ।
खेल राति पौने आठ बजे अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ ।
पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको नियम अनुसार राजस्थानले इलिमिनेटरको विजेता बेङ्ग्लाेरसँग क्वालिफायर खेल्ने मौका पाएको हो ।
बेङ्ग्लोर इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा पुगेको हो । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।
प्रतिक्रिया