×

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

images

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।  बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई गण्डकीप प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रदेश प्रमुख  गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । पाण्डेले शपथ भने शुक्रबार मात्र लिनेछन् ।

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

बिहीबार १४ बैशाख २०८० ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया