×

अस्पतालको शौचालयमा भेटियो शिशुको शव

images

विराटनगर । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ ।

आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

विहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ ।

 

आइतबार​ १५ फागुन २०७८ ०१:३३ PM मा प्रकाशित

प्रतिक्रिया