×

तामाङ समाज युएई द्वारा सोनाम ल्होछार सांस्कृतिक साँझ -२०२३ को आयोजना गर्दै

images

फलेन्द्र मगर / युएई संवाददाता 

युएई- तामाङ समाज युएईको शान , तामाङ संस्कृति तामाङ पहिचान भन्ने मुल उद्देश्यका साथ युएईमा स्थापना भएको तामाङ समाज युएईले बृहत रुपमा मञ्जुश्री वर्ष (२८५९) औं ह्योयी तावर ल्हो अर्थात नयाँ ( बिरालो वर्ष ) सोनाम ल्होछार राष्ट्रिय पर्व को अवसरमा युएई को अति नै व्यस्त शहर दुबई स्थित एभरेस्ट क्लब वर दुबईमा जनवरी २९ तारिक दिनको १: ०० बजे सोनाम ल्होछार सांस्कृतिक साँझ -२०२३ को आयोजना गर्न लागिएको हो ।

युएईमा रहेर विभिन्न पेशा र व्यवसायमा संलग्न भै बसेका तामाङ समुदाय हरु मिलेर ईस्वी संवत् २००५ सालमा तामाङ समाज, युएई को गठन गरेका थिए ।

केही महिना पहिला देखि आन्तरिक विवाद चरम उत्कर्षमा पुगेर असन्तुष्ट पक्षहरूले अर्को समानांतर तामाङ समाज,युएई गठन गरेपनि  नेपाल आदिवासी जनजाति महासंघ , युएईले नेफिन युएईमा आबद्ध संघ संस्था हरु सँग भर्चुअल छलफल गरि वर्तमान अध्यक्ष सनिल घिसिङले नेतृत्व गरेकै तामाङ समाज लाई आधिकारिक तामाङ समाज युएई लाई मान्यता दिइएको हो। 

  उच्च पहाडी र मध्य पहाडी भुभागमा बसोबास गर्ने तामाङ समुदाय पनि परापुर्व कालदेखि नै कृषि पेशा मै आधारित भएको हुनाले । वर्षा याममा लगाएको नयाँ बाली हिउँदमा घर भित्र्याउने र टिप्ने चलनचल्ती रहिआएको ले पनि यो पर्व लाई नयाँ वर्षको रूपमा मान्दै आएको हो। यहीँ दिन आफ्नो पित्री र पुर्खा हरु सम्झनामा घर अगाडि आँगनमा राखिएको लुङदर ध्वजामा लामा पुरेत ल्याइ पूजाआजा गरी डम्फू र सेलो भाकामा नाचगान गर्ने सेलो जुहारी खेल्ने चलन पनि चलि आएको पाइन्छ ।

यहीँ राष्ट्रिय पर्व सोनाम ल्होछार सांस्कृतिक साँझ  (२०२३) लाई भब्य रूपमा सफल बनाउन का लागी नेपाल बाट अतिथि कलाकार को रूपमा चर्चित सेलो गायिका जितु लोप्चन तामाङ युएई आउने भएको हो। स्थानीय कलाकार हरु को साथमा परम्परागत पहिरनमा  सजिएर मिठा मिठा परिकार बनाइ शुभकामना साटासाट गरेर सोनाम ल्होछार मनाउन लागेको जानकारी अध्यक्ष सनिल घिसिङ ले बताए ।

शुक्रबार​ १३ माघ २०७९ ०९:०८ PM मा प्रकाशित

प्रतिक्रिया