×

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप- नेपाल फाइनलमा पराजित, म्यानमार च्याम्पियन

images

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार बेहोरेको छ। दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यान्मारसँग २-० गोल अन्तरले पराजित भएको हो।

फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले २-० को नतिजा निकालेको हो। म्यान्मारका लागि यू पीर खैंगले गोल गरेकी थिइन् भने अर्को गोल नेपालकी गीता रानाले आत्मघाती गोल गरेकी थिइन्। 

यस अघि समूह चरणको भेटमा दुई टिमले २-२ को बराबरी खेलेका थिए । त्यस अघि नेपालले किर्गिस्तान र लेबनानलाई समान १-० ले हराएको थियो । म्यानमारले  लेबनानलाई ३-१ र किर्गिस्तानले ५-० ले हराउदै समूह विजेता बन्दै फाइनलमा स्थान बनाएको थियो ।

खेलको ६२औँ मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’ लाई नेपाली टिमकी गोलकिपर अन्जिला र डिफेन्डरले ठम्याउन सकेनन् । 

त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो । ६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् । डिफेन्सले गल्ती गरेपछि पाएको बललाई तुङले प्राहर गरेकी थिइन्। तर गोलकिपर अन्जिलाले सो बललाई रोकेपछि गोल हुन् पुग्यो ।

थप गोल नहुँदा म्यानमार च्याम्पियन बनेको हो । त्यसअघि खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

योसँगै नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो। यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियसिपको छ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पटकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो।

नेपाल साफ च्याम्पियनसिपमा ६ पटक २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनल खेलेको थियो भने साग गेम्समा ३ पटक २०१०, २०१६ र २०१९मा फाइनल खेलेको थियो । त्यस्तै नाडेज्दा कप २०१९ मा फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो भने हिरो वुमन्स गोल्डकपको फाइनलमा २०१९ मा म्यान्मारसँग पराजित भएको थियो। त्यस्तै वाफ वुमन्सको फाइनलमा २०२४ मा जोर्डनसँग पराजित भएको थियो भने यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा म्यान्मारसँग पराजित भएको छ।

बुधबार १४ फागुन २०८१ ०८:३९ PM मा प्रकाशित

प्रतिक्रिया