×

अहिले हामी रक्तपातहीन युद्धमा छौं- प्रचण्ड

images

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताएका छन् । ।

जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताएका हुन् ।  प्रचण्डले भने, ‘युद्ध रोकिएको छैन । युद्ध जारी छ ।’

बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको बताउँदै उनले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो । युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन । युद्ध रोकिएको छैन । खालि हामी हिंसामा छैनौं हामी । बन्दुक लिएका छैनौं हामीले । युद्ध त जारी छ ।’

कार्यक्रममा प्रचण्डले जनयुद्धका प्रथम शहीद रम्तेलको स्मृतिमा पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा समेत गरे ।

शनिबार १४ फागुन २०७८ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया