×

माओवादीको स्थायी समिति बैठक दिउँसो २ बजे बस्दै

images

काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।  बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको छ । 

बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ । समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताएका छन् ।

पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने एक नेताले बताए । बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ । 

बिहीबार १२ माघ २०७९ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया