×

भोजपुरमा माओवादी केन्द्रका सुदन किराँती विजयी, शेरधन राई पराजित

images

भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन्।

किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन्। उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शुक्रबार​ ९ मंसिर २०७९ ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया