×

"आदर्श स्मारिका - २०८०" विमोचन कार्यक्रम सम्पन्न

images

२५ - जुन, युएई धौलागिरि हिमालको काखमा फैलिएको सुन्दर पर्यटकिय काश्की जिल्लाका रैथाने जिल्ला वासीहरुको सुखदुख विसाउने साझा चौतारीको रुपमा सन - २०१६ मा स्थापित कास्की आदर्श समाज, युएईले आफ्नो दश वर्षे गतिविधिहरु समेटिएका स्मरण स्वरुप "आदर्श स्मारिका - २०८० विमोचन कार्यक्रम भव्यता का साथ २३ जुन-२०२४ तारिखका दिन कास्की आदर्श समाज युएईले आफ्नो एक दशक लामो सामाजिक, आर्थिक तथा विविध गतिविधिहरू समेटेर तयार पारेको पहिलो संस्करण "आदर्श स्मारिका - २०८०" युएईको बरदुबईमा अवस्थित पिङ्की रेस्टुरेन्ट को सभा हलमा युएईका विभिन्न सामाजिक संघ संस्था एवं समाजसेवी, बुद्धिजीवीहरुको बाक्लो उपस्थितिका बिच विमोचन कार्यक्रम सम्पन्न गरेको हो।

आचार्य ज्योतिषी पण्डित श्री सम्पथ कुमार न्यौपाने ज्यु द्वारा स्वस्ति वाचन सहित शुभारम्भ गरिएको उक्त कार्यक्रममा भडकिलो औपचारीकतालाई तोडेर सामान्य रुपमा पिपलको पातको ब्याज बनाएर अतिथि स्वागत एवम् सत्कार गरी कास्की आदर्श समाज युएईले नयाँ अभ्यासको सुरुवात गरेको थियो । कास्की आदर्श समाज युएईका अध्यक्ष श्री शिवकुमार श्रेष्ठ ज्यु को अध्यक्षता मा कास्की आदर्श समाज, युएईका संस्थापक संरक्षक एवम् कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका संरक्षक कृषण बहादुर ढकाल को प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रमको संचालन समाजका महासचिव श्रीराम रानाभाट ले गर्नु भएको थियो।

उक्त कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष तथा स्मारिका तयारी उपसमिति का सदस्य शिवराज बस्ताकोटीले पाहुनाहरुलाइ धन्यवाद ज्ञापन सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने स्मारिका तयारी उपसमिति संयोजक तथा कास्की आदर्श समाज युएईका संरक्षक संयोजक केदार कुँवर ज्यूले संस्थाका १० वर्षका गतिविधि तथा स्मारिकाको बारेमा छोटकरीमा प्रष्ट पार्नुभएको थियो। कास्की आदर्श समाज युएईका संस्थापक अग्रज ज्यूहरू क्रमश मनोज कुमार सैँजू, गुप्त शेखर पौडेल लगाएताका बक्ताहरुले स्थापनाकालदेखि गर्दै आएका सामाजिक कार्य र चुनौतीहरूको बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रममा पर्बत सेवा समाज युएईका अध्यक्ष तिलक सापकोटा , तनहुँ सेवा समाज, युएईका अध्यक्ष , सुदिप कार्की , पाल्पाली सेवा समाज,युएई का अध्यक्ष ओम कुमारी खाँड समाजका सल्लाहकार तथा नेपाली जनसम्पर्क समिति युएईका सभापति भवानी प्रसाद तिमिल्सिना , समाजका निवर्तमान सल्लाहकार तथा बिजिनेस काउन्सील युएइका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा , नेपाली समाज युएईका बरिस्ठ उपाध्यक्ष , कमल गिरी , अध्यक्ष श्री वेद प्रसाद अर्याल लगायतका व्यक्तित्वहरुले कास्की आदर्श समाज युएईले गर्दै आएका हरेक कार्यहरूको प्रशंसा गर्नुका साथै शुभकामना मनतव्य राख्नु भएको थियो। शुभकामना मन्तव्य कै क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा कास्की आदर्श समाज, युएईका सस्थापक संरक्षक एवं कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिषद, नेपालका संरक्षक आदरणीय कृष्ण बहादुर ढकाल ले समाज स्थापना र यसको उदेश्य माथि प्रकाश पार्दै स्मारिकाले यसको यथार्थ लाई थप पुष्टि गर्ने बताउनु भएको थियो ।

पाहुना हरुलाइ समाजका कोषाध्यक्ष बिनोद केसी तथा सल्लाहकार सदस्य मनु गुरुङ श्रेष्ठ ले खाजा को प्रायोजन गर्नुभएको उक्त कार्यक्रम को अन्त्यमा स्मारिका तयारीका लागि शुभकामना दिनुहुने नेपाली राजदूतावास युएईका महामहिम तेज बहादुर क्षेत्री , गन्डकि प्रदेशका तात्कालीन मुख्य मन्त्री खगराज अधिकारी, कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिषद, नेपाल, नेपाली समाज, युएई, गैर आवासीय नेपाली संघ, एनसीसी, युएई लगायत सम्पुर्ण विज्ञापन दाता हरु, विभिन्न लेख, रचनाहरू प्रदान गर्नुहुने व्यक्तित्व हरु तथा युएईमा रहेका सम्पुर्ण संघसस्था एवं उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभाध्यक्ष शिव कुमार श्रेष्ठ ले कार्यक्रम समापन गर्नुभएको थियो ।

मङ्गलबार ११ असार २०८१ ०४:३४ PM मा प्रकाशित

प्रतिक्रिया