×

स्थानीय निर्वाचनमा बहुमत ल्याउने दाबी

images

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गर्नुभएको छ । एमाले तनहुँ जिल्ला कमिटीले आज बेलचौतारामा आयोजना गरेको घोषणासभामा उहाँले स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकीर गर्नुभयो । 

“एमालेप्रति देशभर जनताको आकर्षण बढेको छ, सोही कारण एमालेको जित निश्चित छ,” उहाँले भन्नुभयो, “एमालेलाई हराउने कुनै शक्ति छैन ।” विगतमा पार्टी छाडेर जाने पनि पुनः एमालेमै फर्किने लहर चलेको उहाँको भनाइ थियो । एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले केपी ओली नेतृत्वको सरकारले गरेका कामका कारण जनतामा एमालेको आकर्षण बढेको बताउनुभयो । 

शुक्रबार​ ११ चैत २०७८ ०९:५४ PM मा प्रकाशित

प्रतिक्रिया