×

गरिब र विपन्न आधारभूत विधालय लाई युवा महासंघको शैक्षिक सामाग्री वितरण

images

कार्तिक - ८ काठमाडौं- लामो समयदेखि युएईमा सकृय रहेर कर्म गरिरहेका आदिवासी जनजाति का युवाहरु ले देश र जनतालाई शिक्षित र विकसित बनाउन सके मात्रै देश समृध्द हुने मनोभावनाका साथ आदीवासी जनजाति का युवाहरु संगठित भई दीपक थापा मगरको नेतृत्व मा " आदिवासि जनजाति युवा महासंघ नेपाल शाखा , युएई गठन भए सँगसँगै युएईमा सामाजिक कार्यमा सकृय रहदै आएका गैर आवसीय संघ, युएई ( एन आर एन ए) र नेपाली समाज, युएई सँग हातेमालो गर्दै आएका युवा महासंघले गत वर्षदेखि नेपालमा समेत आर्थिक विपन्न गरिब र आधारभूत विधालयमा अध्ययन गरिरहेका विधार्थीहरु लाई न्यानो कपडा र शैक्षिक सामाग्री हरु वितरण गर्दै आइरहेकोछ ।


" बालबालिकाको शिक्षामा लगानी, सुनिश्चित भविष्यको थालनी, शिक्षित समाज देश विकासको आधार, आजको बालबालिका भोलिको कर्णधार " भन्ने मूल नारा का साथ महासंघले आफ्नो वार्षिक निति तथा कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष ३ वटा विधालय लाई शैक्षिक सामाग्री सहयोग महान अभियानको दोस्रो चरण अन्तर्गत पहिलो बिद्यालय मोरङ जिल्लाको उर्लाबारी नपा- १ मा रहेको श्री लक्ष्मी मावि का ८१ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

त्यसैगरी चितवन जिल्ला स्थित खैरहनी नपा वडा नं. ४  सिद्विपुरमा रहेका श्री चण्डी राष्ट्रिय आधारभुत बिद्यालयमा पनि शैक्षिक सामग्री अन्तर्गत न्यानो कपडा वितरण गरेको हो ।यसैगरि सिन्धुपाल्चोक जिल्ला को लिसंखु पाखर गाउँपालिका वडा नं. ४ मा रहेको श्री रमा माविमा पनि न्यानो कपडा अन्तर्गत ट्र्याक सुट वितरण गरेको हो । 
          

गत वर्ष काभ्रे ,स्याङ्जा र झापा जिल्लामा तीन वटा विद्यालय लाई शैक्षिक सामाग्री बितरण गरि सकिएको अध्यक्ष दीपक थापा मगरले बताए । गत वर्षदेखि शुरुवात गरिएको यो शैक्षिक अभियान हरेक वर्ष तीन वटा विद्यालयलाई पठन पाठनमा टेवा पुग्ने गरी सहयोग गर्दै आइरहने प्रतिबद्धता कार्यकारी अध्यक्ष गोपाल श्रेष्ठ ले बताए ।

अहिले यो अभियानमा वार्षिक विदामा नेपाल गएका कार्यकारी अध्यक्ष गोपाल श्रेष्ठ, महासचिव, सबिन मोक्तान, सल्लाहकार डिबि लुङ्गेली मगर र जनसम्पर्क सचिव मकर मोक्तान पुर्वको मोरङ देखि सिन्धुपाल्चोक सम्म पुगेर सामाग्री विधालय का शिक्षक  र बिधार्थी हरु लाई वितरण गरेका छान्।

बिहीबार ८ कात्तिक २०८१ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया