जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।
बुधबार जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता किने निर्णय गर्दै सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।
मुख्यमन्त्री सतिश सिंहको पार्टी जनमतले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र मुख्यमन्त्री सिंहलाई सरकारबाट फिर्ता हुन भनेपनि उनले राजीनामा दिन मानिरहेका छैनन् । उनले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरेपनि प्रदेश प्रमुखलाई राजीनामा भने बुझाएका थिएनन् ।
१०७ सदस्यीय मधेश प्रदेशमा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।
प्रतिक्रिया