×

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

images

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा २४ सयले घटेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३५० मा कारोबार भएको थियो । 

बिहीबार ९ साउन २०८२ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया