×

युएई मा योगदान राष्ट्रको लागी प्रवास संगठन विस्तार

images

फलेन्द्र मगर / युएई 

युएई  २४ - जुलाई योगदान राष्ट्रको लागि अभियान अन्तर्गत युएईमा प्रवास संगठन विस्तार भएको छ । 
“ प्राथमिक उपचार, हाम्रो सरोकार ” भन्ने मुल नाराका साथ अघि बढेको योगदान राष्ट्रको लागि अभियानले नेपालका ५० भन्दा बढी जिल्लामा आफ्नो शाखा संगठन विस्तार गर्नुका साथै अन्तराष्ट्रिय स्तरमा समेत समिति गठन गर्न सफल भएको छ । 

संस्थाले २१ जुलाई -२०२४ आइतबारका दिन दिवस चापागाईको अध्यक्षतामा युएई कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष ओम प्रसाद उप्रेतीको उपस्थितिमा समिति गठन कार्यक्रम सम्पन्न भएको हो । 

समितिको उपाध्यक्ष अनिस भण्डारी, सचिव प्रवेश कंडेल, सहसचिव मनोज उप्रेती, कोषाध्यक्ष राजु शर्मा चयन हुनुभएको छ । महिला संयोजकमा अनिता अधिकारी चयन हुनुभएको छ । सदस्यहरुमा मुक्ति उप्रेती, अर्जुन भण्डारी, दिपक थापा, प्रदिप सापकोटा, शुसील लामिछाने, हरि बहादुर वि.क., नरेन्द्र खड्का, कृष्ण प्रसाद खतिवडा, राधा अधिकारी, अविरल परियार, सागर उप्रेती, सन्तोष खड्का, जानुका गैरे घिमिरे, कृष्ण श्रेष्ठ, शर्मिला कार्की सर्वसम्मत रुपमा चयन भएको छ । 

सल्लाहकारहरुमा पूर्ण वलि, देवराज खत्रि, राजु खत्रि चयन हुनुभएको छ भने प्रेस सल्लाहकारमा फलेन्द्र बलम्पाकी मगर चयन भएका  छन। विगत लामो समयदेखि नि:शुल्क प्राथमिक उपचार सम्बन्धी विभिन्न जिल्ला हरु मा सेवा दिदै आउनु भएका चितवन निवासी ओम प्रसाद उप्रेति को युएईमा प्राथमिक उपचार सम्बन्धी आफ्नै व्यवसाय समेत रहेको छ्। युएईमा पनि निस्वार्थ भावनाले प्राथमिक उपचार सम्बन्धी नि:शुल्क तालिम हरु दिदै आएका छन्।

बुधबार ९ साउन २०८१ ०९:२५ PM मा प्रकाशित

प्रतिक्रिया