काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबीच तनाव भएको छ । थाइल्याण्ड र कम्बोडियाबीच गोलीबारी भएको छ भने दुवैले एकअर्कालाई आक्रमण गरेको आरोप लगाएका छन् ।
थाइल्याण्ड-कम्बोडिया सीमामा बिहानदेखि नै सैनिकहरू बीच गोलीबारी भइरहेको बिबिसीले जनाएको छ ।
थाइल्याण्डको सुरिन प्रान्तमा कम्तीमा एक नागरिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मृत्युको पुष्टि गर्ने सरकारी प्रवक्ता जिरायु होउङ्सुले सात सैनिक घाइते भएको बताएका छन् । उनले घाइते नागरिकहरूको संख्या स्पष्ट नभएको तर तीमध्ये एक पाँच वर्षीय बालक पनि रहेको बताएका छन् ।
अर्कोतर्फ कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै थाइल्याण्डले कम्बोडियाली भूभाग जबरजस्ती कब्जा गर्ने प्रयासमा अत्यधिक संख्यामा सेना तैनाथ गरेको, भारी हतियार प्रयोग गरेको र हवाई आक्रमण गरेको आरोप लगाएको छ ।
यसैबीच थाइल्याण्डले कम्बोडियासँगको सबै सीमा नाकाहरू बन्द गरेको छ ।
यो घटना एक दिन अघि सीमामा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको थियो । यस घटनामा थाई सेनाले कम्तिमा दुई सैनिक र तीन नागरिक घाइते भएको बताएको छ ।
सीमा द्वन्द्वको बीचमा थाई दूतावासले थाई नागरिकहरूलाई कम्बोडिया छोड्न अपील गरेको छ । थाईल्याण्डको शिक्षा मन्त्रालयले थाईल्याण्डको सुरिन प्रान्तमा विवादित सीमा नजिकैका सबै विद्यालयहरू बन्द गरेको छ ।
प्रतिक्रिया