×

कम्युनिष्ट पार्टी कहिल्यै पनि विदेशीसामु झुक्दैनन् : माधव नेपाल

images

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको ईसारामा चल्न नसक्ने पनि बताउनु भयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताउनु भयो ।

अध्यक्ष नेपालले पार्टीको पोलिटब्यूरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने पनि बताउनु भयो । उहाँले कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्बन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो ।

यस्तै, अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यक्ता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसके मात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने बताउनु भयो । 

शुक्रबार​ १० असार २०७९ ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया