×

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

images

गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीको बिदाइ गर्नुभएको छ ।

गृहमन्त्री खाणले बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १ सय १३ हजयात्रीलाई बिदाइ गर्नुभएको हो ।

यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५ सय ५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउनुभयो ।

हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार हुने उहाँले बताउनुभयो ।  

शुक्रबार​ १० असार २०७९ ०१:५४ PM मा प्रकाशित

प्रतिक्रिया