×

एसईई परीक्षा : सिरहामा ८० विद्यार्थी निष्कासित

images

माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ । 

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको नेतृत्वमा गएको अनुगमन टोलीले परीक्षामा चिठ, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षाको मर्यादा विपरीत कार्य गरेकोग भन्दै सिरहाको विभिन्न परीक्षा केन्द्रबाट ८० जना विद्यार्थीलाई निष्कासन गरेको हो ।

सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुर माविबाट ३५, लहान नगरपालिका २० स्थित माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरिया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ विद्यार्थीलाई निष्कासन गरेको प्रजिअ कवाडीले जानकारी दिनुभयो । 

यस वर्षको एसईई परीक्षामा सिरहा जिल्लाबाट १६२ विद्यालयका १० हजार ६४० जना परीक्षार्थी सहभागी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ सिरहाले जनाएको छ । 

आइतबार​ ११ बैशाख २०७९ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया