×

निवर्तमान आईजीपी दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ बहस सकियो, केहीबेरमा आदेश आउने

images

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा भएको सुनुवाइमा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको हो।

उक्त सुनुवाइका क्रममा बहस सकिएको र केहीबेरमा आदेश आउने बताइएको छ।

के थियो विवाद?

सरकारले कात्तिक १८ गते प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी नयाँ प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दाबी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। तिहार र छठ पर्वको बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले आजका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको थियो। अदालतको यो आदेशले यस प्रकरणमा आगामी दिनमा लिइने काниनी कदमको दिशा तय गर्नेछ।

बुधबार ३ मंसिर २०८३ ०१:२८ PM मा प्रकाशित

प्रतिक्रिया