काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार)को संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्।
भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ। उक्त अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेले जनाएको छ। प्रधानमन्त्री ओलीले भोलीको अधिवेशनमा पछिल्लो समसामयिक विषयबारे धारणा राख्ने बताइएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए ।
‘शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्रीले समसामयिक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ’, बर्तौलाले भने, ‘मुलुकका विकसित राजनीति र मुलुकको अवस्थाबारे प्रधानमन्त्रीले संसद्मार्फत जानकारी दिँदै हुनुहुन्छ ।’
प्रतिक्रिया