×

काठमाडौंबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, आवाजसहित आगलागी

images

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ।

उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थलका एक कर्मचारीले बताएका छन्।

 विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।

प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका थिए । जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

 

सोमबार ११ बैशाख २०८० ०९:४८ PM मा प्रकाशित

प्रतिक्रिया