×

संसद् बैठकअघि प्रचण्डको दौडधुप: प्रधानमन्त्री र माधव नेपालसँग छलफल

images

 

काठमाडाैं । एमसीसीमा छलफल गर्नका लागि संसद बैठक शुरू हुनुअगाडि प्रचण्डले देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संवाद गरेका हुन् ।

बिहान करीब ९ बजे सिंहदरबारमा प्रचण्ड र माधव नेपाल छलफल गरेपछि प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए । 

बालुवाटारमा एमसीसी र सरकारबारे छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ । 

प्रधानमन्त्रीलाई भेटेर प्रचण्ड बालुवाटारबाट फर्किसकेका छन् । 

 

बिहीबार १२ फागुन २०७८ १२:५५ PM मा प्रकाशित

प्रतिक्रिया