×

कांग्रेस-एमाले बैठक सकियो, साँझ ७ बजे फेरि बस्ने

images

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको बैठक सकिएको छ । प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको बैठक साँझ ७ बजे फेरि बस्ने गरी सकिएको कांग्रेस नेता गगन थापाले जानकारी दिए । उनका अनुसार बैठक बेलुका ७ बजे बालुवाटारमा बस्नेछ ।

सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै दलको सहमतिमा संसद् सञ्चालन हुने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद् कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको भन्दै उनले अब सहमतिमै संसद्‌ सञ्चालन हुने बताएका हुन् । 'संसद्‍मा जति राजनीतिक दल छन् ती सबैको सहमतिमा संसद् सुचारु हुन्छ,' उनले भने । मन्त्री कार्कीले एमसीसीका बारेमा संसद्‍मा गहन छलफल गर्नका लागि पनि संसद् सुचारु गर्नुपर्ने अवस्था रहेको बताउँदै समयसीमाभित्र नै एमसीसीले यथोचित निकास पाउने जानकारी दिए ।

'एमसीसी पास गर्नुपर्ने समय सीमा हामी सबैलाई थाह छ । त्यो समयभित्रै निकास निस्किन्छ,' उनले भने ।

 

बिहीबार १२ फागुन २०७८ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया