×

कार्यव्यवस्था बैठक सकियो, संसदमा एमसीसीमाथि छलफल हुने

images

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिले एमसीसीमाथि संसदमा छलफल गर्ने टुंगो लगाएको हो ।

बैठकमा देव गुरुङसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले एमसीसीको विरोधी जनमत रहेको भन्दै संसदमा छलफल रोक्न माग गरेका थिए । तर सरकार र नेपाली कांग्रेसका प्रतिनिधिहरुले छलफल गर्नुपर्छ भनेका थिए ।

बैठकमा सहभागी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले संसदमा एमसीसी सम्झौतामाथि छलफल हुने र आफूहरुले पनि भाग लिने बताइन् ।

‘एमसीसीमाथि छलफलमा भाग लिन्छौं तर पारित गरियोस् भन्ने प्रस्तावलाई के गर्ने भन्नेबारे पार्टीमा छलफल भएको छैन’ उनले भनिन् ।

 

बिहीबार १२ फागुन २०७८ ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया