×

एमसीसीविरुद्धको प्रदर्शन अनुगमन गर्न मानव अधिकार आयोगले खटायो टोली

images

काठमाडौं । एमसीसीविरुद्ध भइरहेको प्रदर्शन अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली नयाँबानेश्वर क्षेत्रमा खटिएको छ । मानव अधिकार  आयोग अन्तर्राष्ट्रिय सन्धि महाशाखाका सदस्यहरु अनुगमनमा खटिएका हुन् ।

संसद भवन परिसरमा भेटिएका मानव अधिकार अधिकृत खिमानन्द बस्यालले भने, ‘प्रोसेसको कुरा हामी हेर्दैनौं । मानव अधिकार उल्लंघनको विषयमा हाम्रो चासो रहन्छ ।’ बस्यालले सडक आन्दोलनको पनि अनुगमन भैरहेको अनलाइनखबरलाई बताए ।

संसद बैठकमा एमसीसी पेश भएको दिन फागुन ५ गते नयाँबानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएर स्थिति तनावग्रस्त भएको थियो ।

आज संसद बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी छ । आज पनि नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा एमसीसीविरुद्ध आन्दोलन गर्दै आएकाहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सडक खालि गराएर प्रहरीले ब्यारिकेड राखेको छ ।

 

बिहीबार १२ फागुन २०७८ ०१:३३ PM मा प्रकाशित

प्रतिक्रिया