राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको छ।
सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अनुसार उनीमाथि कास्की जिल्ला अदालतमा मुद्धा दायर भएपछि संसद सचिवालयले सांसद पदबाट निलम्बन गरेको हो।
सम्पत्ति शुद्धीकरणमा मुद्धा परेमा कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवाको पद स्वत निलम्बनमा पर्ने व्यवस्था छ।
‘प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ।
आज सोमबार मात्र रास्वपाका नेताहरूले सभामुख देवराज घिमिरेलाई भेटेर अहिले नै आफ्ना पार्टी सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न बिन्ती गरेका थिए।
प्रतिक्रिया