राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन्।
आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो। उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरीले जानकारी दिएको छ।
निकोलसले यही बिहीबार कास्की प्रहरीको हिरासतमा रहेका लामिछानको तस्बिर सिसिटीभीमा खिचेर आफ्नो फेसबुकमा सार्जनिक गरेका थिए।
त्यसपछि रास्वपाका नेताहरूले उक्त तस्बिर सार्वजनिकका विषयमा बिरोध गरेका थिए। तर निकोलसले तस्बिर सार्वजनिक गर्नु आफ्नो गलत नियत नभएको प्रष्टीकरण दिएका थिए।
तस्बिर सार्वजनिक भएको विषयमा गृहमन्त्रालयले प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति बनाएको थियो।
प्रतिक्रिया