काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले ले हार्भेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले हार्भेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा ली कांग इन, जोआओ नेभेज र ब्राडली बार्कोलाले एक एक गोल गरेका थिए । यो जितपछि पिएसजीको १३ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै ला हार्भेको १३ खेलमा १४ अंक रहेको छ ।
प्रतिक्रिया