×

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा

images

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतवार काठमाडौंमा कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गर्दै आफु अभिभावकीय भूमिकामा रहने बताए । पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । चुनाव चिन्ह आँखा राखिएको छ भने पार्टीको नेतृत्व  समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले जानकारी दिए ।

आइतबार​ ८ मंसिर २०८२ ०३:२१ PM मा प्रकाशित

प्रतिक्रिया