×

आफू एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयो

images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रभवशाली नेता तथा सांसद माधव सापकोटाले वर्तमान सरकार सबै मोर्चामा असफल भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दलाल, विचौलियो र भ्रष्टाचारीहरुको संरक्षण गरेको उनको आरोप छ । 

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले ओली सरकारलाई इतिहासकै सबैभन्दा आलोचित, विवादित र भ्रष्मासुरको संज्ञा दिए । उनले भने,‘यो सरकारले आफ्नो हनिमुनको पिरियड पूरा गर्दैछ । नेपालमा अहिले मीन दाई उभिएपछि भन्नुहुन्छ, प्रतिपक्षीको धर्म भनेको आलोचना र विरोधमात्रै गर्ने हो, सत्तापक्षले आफ्नो बचाउ गर्ने भन्नुहुन्छ । उहाँ अहिले मपछि बोल्नुहुन्छ । यति धेरै विवादित, यति धेरै आलोचित र यति धेरै भस्मासुर सरकार चाहीँ यो पहिलोपटक हो नेपालमा ।’

एमालेकै पोलिटब्यूरो सदस्य विन्दा पाण्डेलगायतले किर्तीपुरमा बन्न लागेको नयाँ नामाकरण गरिएको ‘मीनभवन’ बारे बोल्दा स्पष्टीकरण सोधिएको भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको आलोचना गरे । ‘लोक पुरै बाढी, पहिरोबाट आहात भैरहेको बेलामा, प्रधानमन्त्री अमेरिका भ्रमणमा हुनुहुन्थ्यो, उहाँ भ्रमण छोट्याएर आउनुको साटो कन्सुलर उद्घाटन गर्दै बस्नुभयो ।’,उनले थपे–‘सरकार कस्तो लयमा हिँडिरहेको छ भन्ने कुरा हो । हामीले गरेको आलोचनामात्रै आलोचनामात्रै होईन ।

प्रचण्डले अघिल्लोपटक सरकारको नेतृत्व गर्दा जाजरकोट, रुकुममा भुकम्प जाँदा निन्द्रा नखुल्दै उहाँले राज्यको संयन्त्रलाई घट्स्थानस्थलमा लिएर उद्धार, राहत र व्यवस्थापनको काम गर्नुभएको हो । सरकारले ठीक ढंगले पहलकदमी लियो भनेर जनस्तरबाट प्रशंसा भयो । अहिले बाढी, पहिरोबाट जनता विपत्तिमा हुँदा उहाँ अमेरिकामा हुनुहुन्थ्यो, यता नेपालमा क्याविनेट राख्नसमेत दिनुभएन । बरु, प्रचण्ड नै पीडितसमक्ष पुग्नुभयो । पीडितलाई ढाडस दिनुभयो । उहाँ नै पहिले पुग्नुभएको हो । उहाँ पुगेको १८ दिनपछि गृहमन्त्री, रक्षामन्त्रीको फौज बल्ल हिँड्न थालेको हो ।’
 

बुधबार ७ कात्तिक २०८१ ०१:०२ PM मा प्रकाशित

प्रतिक्रिया