×

विरोधको तयारी हुँदैछ भन्ने थाहा पाएपछी प्रधानमन्त्री ओलीको नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द

images

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द भएको छ।  न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जानकारी दिएको हो।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् । 

सोमबार ७ असोज २०८१ ०८:५० AM मा प्रकाशित

प्रतिक्रिया