काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
आज शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो ।
बसमा भारतीय पर्यटकहरु सवार थिए । कूल ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया