फलेन्द्र मगर / दुबई
जुलाई -२३ युएई नेपाली सांगितिक क्षेत्रका एक सदावहार गायक अरुण थापा मगर लाई नेपाली सांगितिक क्षेत्रमा कालजयी गीत का गायक भनेर नचिन्ने सायदै नहोला। उनका हृदयस्पर्शी गीतले सारा नेपालीको मन जित्न सफल गायक अरुण थापाको आजभन्दा २६ वर्ष पहिले श्रावण ५ गते का दिन एउटा अध्यारो कोठामा ईहलिला समाप्त भएको थियो।
प्रायशः वियोगान्त गीतहरु मात्रै धेरै गाउन रुचाउने गायक अरुण आफ्नै जिवनको अधुरो अन्तरजातिय प्रेम कहानी ले गर्दा अल्पायु मै दुनियाँ छोडेर गएको भन्ने नेपाली सांगितिक क्षेत्रमा अहिले पनि उनको गीत बज्दै गर्दा यदाकदा चर्चा चल्ने गर्छ । अरुण का मर्मस्पर्शी गीत हरु नेपालमा मात्रै होइन विदेशमा हुने स्टेज शो कार्यक्रम हरु मा पनि बज्ने गर्छ ।
अरुण का गीत गाएर थुप्रै नयाँ कलाकार हरु स्थापित भए । तर उनको सम्मान र सम्झना न त कलाकार हरु ले सम्झिन्छन न त राज्यले ? ओझेलमा परेका ति श्रष्टा लाई सम्झिएका छन त केबल आफ्नै जातले । यसै ले अरुणको स्मृति मा हरेक वर्ष नेपाल मगर संघ शाखा, युएईले अरुण थापा स्मृति साँझ कार्यक्रम मनाउदै आइरहेका छन।
त्यसैको निरन्तरता स्वरुप यहि आउदो जुलाई -२७ गते बर दुब ई मा रहेको पि एन्ड डी गाउँबेशि रेष्टुरेन्ट मा शारजाह क्षेत्रीय समितिले २६ औं अरुण थापा मगर स्मृति साँझ कार्यक्रम गर्ने भएको जानकारी क्षेत्रीय अध्यक्ष नुन सिंजाली मगरले जानकारी दिए। उक्त कार्यक्रम मा कौरा, मगर पञ्चेबाजा र विविध सांस्कृतिक कार्यक्रम समेत रहेको छ ।
प्रतिक्रिया