×

बौद्ध पताका

images

उद्देश्यः पताका उत्तोलन वा फहराउनुको प्रमुख उद्देश्य भनेको कुनै धर्म, जाति, संघ–संस्था, वर्ग, सङ्गठन आदिको ऐश्वर्य, मान मर्यादा फैलाउनु, त्यसको स्वभाव, विशेषता र विजयको साङ्केतिक प्रतीक हो । बौद्ध पताकाको उद्देश्य पनि त्यहि नै हो ।

उत्पत्तिः श्रीलङ्काको कोलोम्बो बौद्ध संगठनले पहिलो पटक बौद्ध पताकाको ढाँचा (नमुना) तयार पारेको थियो । पछि सन ८१३२  मा अमेरिका न्यू जर्सीमा जन्म ग्रहण गरे ता पनि बौद्ध धर्म प्रति अगाध श्रद्धा भएका Colonel Henry Steele Olcott   नामक व्यक्तिले श्रीलङ्ककाको पताकाको मापसमान बनाउने पर्ने प्रस्थावना राखेका थिए । त्यसलाई श्रीलङ्काका भिक्षु, स्थविरहरू र कोलोम्बो बौद्ध संगठनले समर्थन तथा सहयोग गरे ।

विश्व प्रसिद्ध बौद्ध उत्सव वैशाख पूर्णिमा सन २८/०४/१९८५  को शुभ तिथिमा भिक्षु मिगेत्तुवत्ते गुणानन्दले कोलोम्बोको दिपदूत तमरमाया महाविहारमा शुभ कार्यक्रमको दिन यो पताका पहिलो पटक फहराइएको थियो । हाल हामीले फहराउने यो षड् रङ्गि बौद्ध पताका सन ज्ञढछद्द मा श्रीलङ्काको कोलोम्बोमा भएको विश्व बौद्ध सम्मेलन WFBTHE WORLD FELLOWSHIP OF BUDDHIST  मा विश्वभरी नै आधिकारिक रूपमा यो पताकालाई बौद्ध पताकाको रूपमा ग्रहण गर्ने निर्णय गरियो ।

रङ्ग तथा प्रतीकः हेर्दा पञ्चरङ्गि भए तापनि यो पताकामा छ प्रकारका रङ्गका गणना गरिन्छ । कारण भगवान् बुद्धले बोधिलाभ गर्नुभए पछि उहाँको शरीरबाट सधै व्यायाम प्रमाण 9एक हातसमान) नाना प्रकारको रश्मि निस्कन्थ्यो । जस्तै— नीलो, पहेलो, रातो, सेतो, सुन्तले र पञ्चरङ्गको मिश्रण भएको । भगवान्को कुन अङ्गबाट कस्तो रङ्गको रश्मि निस्कन्थ्यो । त्यसको प्रतीक के हो भन्ने तालिका यसप्रकारको रहेको छ—

नील मणि केशबाट नीलो रङ्गको ज्योति जसके प्रतीक सबै प्राणीप्रति मैत्री करुणा राखि विश्वशान्ति कायम राख्नु हो । चर्म (छालाबाट) पहेलो रङ्गको ज्योति जसके प्रतीक शाश्वत र उच्छेद दुई अन्त त्यागेर मध्यम मार्ग अपनाएर मोक्ष र सर्वज्ञता लाभ गर्नु हुन्छ । मांसबाट रातो रङ्गको ज्योति जसके प्रतीक बौद्धधर्म अपनाएमा अधिष्ठान आशीर्वाद प्राप्त हुन्छ ।

जस्तै— त्याग–बोध सम्पन्न हुने, कुशल हुने, पुण्य हुने, तेजस्व बढ्ने, प्रज्ञासम्पन्न हुने । हाड–दाँतबाट सेतो रङ्गको ज्योति जसके प्रतीक बौद्ध धर्म सधै प्रामाणिक, सत्य, स्वच्छता, सम्यक् हुन्छ, जसमा आश्रित भएर मोक्ष र सम्बोधि लाभ हुन्छ । हतकेला, पैताला र औठ सुन्तले रङ्गको ज्योति जसके प्रतीक प्रज्ञा, बल, तेजले धनी हुनु बौद्ध धर्मको सार गर्भको प्रतीक हो । सम्पूर्ण कायबाट पञ्चरङ्गि ज्योति जसके प्रतिक बौद्धधर्म विश्व व्याप्त हुन्छ भन्ने हुन्छ । एक माथी अर्को खप्टिएकाले— बौद्ध धर्ममा जाति, वर्ण, धर्म, लिङ्ग, रङ्ग, उच–नीच, देश, आदिका भेदभाव नभई सबै प्राणीमा समान रूपले बुद्ध बन्न सक्ने सुगत गर्भले व्याप्त हुन्छ भन्ने प्रतीक हो ।

यसमा रहेका रङ्गहरूका अन्यपनि महत्व रहेका छन् । जस्तै यी पञ्चरङ्गले पञ्चशील पनि बुझाउछ । जसलाई पालना नगरेसम्म बौद्ध नहुने र पालना गरे बौद्धको गणनामा पर्ने हुन्छ । ती पञ्चशील हुन्— हिंसा नगर्नु, चोरी नगर्नु, व्याभिचार नगर्नु, झूटो नबोल्नु र मदिरा सेवन नगर्नु हो । यसले पञ्चबुद्ध पनि बुझाउदछ । ती पञ्चबुद्ध यसप्रकार पूर्वमा वज्रसत्व सेतो, दक्षिणमा रत्नकर बुद्ध पहेलो, पश्चिममा अमिताभ बुद्ध रातो, उत्तरमा अमोघसिद्ध बुद्ध हरियो र मध्यमा वैरोचन बुद्ध नीलो । यो पताका फहराउनाले पञ्चबुद्धको कृपा आशिर्वाद हमेशा रहिरहने । त्यसै गरी पञ्च तत्त्व आकाश, पृथ्वी, अग्नि, जल र वायु हुन् । यो पताका फहराउनाले बाहिरी प्राकृतिक जगत्का तत्त्व र भित्री शारिरीक पञ्चतत्त्व शान्त भएर जाने पनि विश्वास गरिन्छ ।
 

शुक्रबार​ ८ असार २०८० ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया