×

गौतम बुद्धको २५६८ औं जन्म जयन्ती युएईमा बृहत कार्यक्रम गरि मनाईने

images

फलेन्द्र मगर / युएई 
२३ मे २०२४ युएई महामानव भगवान गौतम बुद्धको २५६८ औं जन्म जयन्ती युएईमा पनि बृहत कार्यक्रम गरि मनाउने तयारी आदिवासी जनजाति महासंघ युएईमा आबद्ध ११ वटै जातिय संघ संस्थाहरु ले तिब्र रुपमा गरिरहेको जानकारी महासंघका अध्यक्ष बिक्रम लिम्बु ले बताए। आउदो मे २६ तारिख दिनको १:०० बजे एभरेष्ट क्लब बर दुब ई मा हुने कार्यक्रममा बौध्द धर्मगुरु टल्कु घवार्क सोनाम  रिम्पोछे गुरु लामा द्वारा प्रवचन र विशेष पूजापाठ समेत रहेको छ्।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन  स्थानिय कलाकार हरु द्वारा विशेष सांगितिक कार्यक्रम को प्रस्तुति समेत रहेको छ ।

उक्त कार्यक्रम नेपाली हरु को  शिर विश्वमा  उच्च  पार्ने राष्ट्रीय विभुति शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्ध भएकोले युएईमा छरिएर रहेका सम्पुर्ण नेपाली हरु लाई कार्यक्रममा सहभागी भै कार्यक्रम सफल बनाउन पनि अध्यक्ष लिम्बुले आव्हान गरे ।

यो कार्यक्रमको मुख्य प्रायोजन एभरेष्ट १०० रेष्टुरेन्ट रहेको छ भने, विशेष सहयोगी को भुमिकामा आदिवासी जनजाति युवा महासंघ युएईले ( वाइफिन, युएई ) रहेको छ र प्रमुख मिडिया पार्ट्नार को भुमिकामा आदिवासी जनजाति पत्रकार महासंघ, युएई (फोनिज, युएई ) रहेको छ ।

बिहीबार १० जेठ २०८१ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया