×

संवैधानिक नियुक्तिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

images

सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायमा अध्यादेशमार्फत गरेका नियुक्ति विवादसम्बन्धी विवादमा कारण देखाउ आदेश जारी गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले कारण देखाउन आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वका समयमा संवैधानिक परिषद्ले गरेका ५२ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति बदर गर्न मागसहित दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । गत शुक्रबारदेखि उक्त विवादमा सुनुवाइ सुरु भएको थियो । आज बहस सकिएर उक्त आदेश भएको हो ।

बुधबार ९ चैत २०७८ ०८:०४ PM मा प्रकाशित

प्रतिक्रिया