×

प्रधानमन्त्री अमेरिकी पासोमा पर्नुभएको छ, रामराम मात्र भन्न सकिन्छ : झलनाथ खनाल

images

काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गरे सरकार दुर्घटनामा पर्ने संकेत गरेका छन् ।

 

एमसीसी नाममा प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी पासोमा परेका उनले टिप्पणी गरे ।
 
कुराकानीका क्रममा नेता खनालले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका हुन् ।

‘प्रधानमन्त्री अमेरिकी पासोमा पर्नुभएको छ, भीरबाट लड्ने गाईलाई रामराम मात्र भन्न सकिन्छ,’ खनालले भने ।
 
एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलका संयोजक समेत रहेका खनालले संसदमा टेबुल गरिएको सम्झौतामा आपत्तिपूर्ण कुरा रहेका बताए ।

फागुन ८ गते संसदमा पेश भएको एमसीसी सम्झौतामाथि बिहीवारदेखि प्रतिनिधि सभामा छलफल हुँदैछ ।

 

बुधबार ११ फागुन २०७८ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया