×

प्रधानमन्त्री प्रचण्डको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

images

काठमाडौँ । नेकपा माओवादीका नेता हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्  ।

प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गर्नुभएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।  उनी नेकपा माओवादीका उपमहासचिव पनि हुन् ।  गजुरेल सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे ।

तर, उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए । आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमति पत्र समेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए । त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए । गजुरेल माओवादीभित्र प्रचण्डका आलोचक र समर्थक दुवै मानिन्छन्।

सोमबार ९ माघ २०७९ ०२:४६ PM मा प्रकाशित

प्रतिक्रिया