×

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै, माओवादी केन्द्रसँग पार्टी एकता निर्णय अनुमोदन गर्ने

images

नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक बस्दै छ । 

जडिबुटीस्थित बस्ने केन्द्रीय समिति बैठक माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र एकता समायोजन समिति बनाउने कार्यकारिणी समितिको निर्णय अनुमोदनका लागि बस्न लागेको हो ।   बैठकमा  माओवादीसँग पार्टी एकताका लागि संवाद समिति गठन, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी विधानका केही विषय लगायतमा छलफल गर्ने एजेन्डा रहेको नेसपा केन्द्रीय कार्यालयले जनाएको छ। 

नेकपा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेका छन्। मङ्गलवार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय भएको थियो । यसअघि माओवादीसँग एकता गर्ने÷नगर्ने विषयमा अध्यक्ष द्वय डा बाबुराम भट्टराई र महिन्द्रराय यादवबिच मतभेद देखिँदा समस्या आएको थियो ।

यस्तै माओवादीसँग एकता गर्नका लागि नेसपाले भट्टराईको नेतृत्वमा पाँच सदस्य समिति बनाउने निर्णय गरेको छ । जसमा अर्का अध्यक्ष महिन्द्र, सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष सोव र महासचिव रमेश यादव रहनेछन् ।

गत मंसिर ४ गते माओवादी र नेसपाबीच पार्टी एकता संयोजन समिति गठन गर्ने, दुवै पार्टीले उठाएका वैचारिक र नीतिगत विषयमा सहमति गरी अघि बढ्नेजस्ता सहमति भएको थियो।

बुधबार ६ मंसिर २०८० १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया